रुसी आक्रमण असफल पारेको युक्रेनको दाबी

हिमाल प्रेस २८ मंसिर २०७९ २२:१६ | Wednesday, December 14, 2022
रुसी आक्रमण असफल पारेको युक्रेनको दाबी

काठमाडौँ– युक्रेनले राजधानी किएभ र आसपासको क्षेत्रमा रुसले गरेको आक्रमणलाई विफल पारेको बताएको छ। रुसले बुधबार विस्फोटक पदार्थले भरिएका ड्रोनबाट गरेको हमलालाई आफ्नो वायु रक्षा प्रणालीले विफल पारेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

रुसी आक्रमणलाई विफल पारिए पनि ड्रोनका केही भग्नावेशषबाट पाँचवटा भवनमा क्षति भएको तर कुनै मानवीय क्षति नभएको पनि उनीहरूले बताएका छन्। केही सातायता युक्रेनका पूर्व र दक्षिणी भागमा रहेका विद्युत् प्रसारण केन्द्रलगायत भौतिक पूर्वाधार एवम् सर्वसाधारणलाई लक्ष्य गरी रुसले आक्रमण जारी राखेको छ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आतंकवादीले इरानमा निर्मित १३ वटा ड्रोनहरू प्रहार गरेका तथा सबैलाई रोकिएको बताएका छन्। बिहानको समयमा गरिएका आक्रमणपछि हिउँले ढाकिएको राजधानी प्राय शान्त रहेको अधिकारीहरूले बताएका छन्।

किएभका प्रमुख प्रशासक सेर्ही पोप्कोले दुई चरणमा भएको रुसी आक्रमणलाई विफल तुल्याइए पनि ड्रोनका भग्नावशेषले एउटा प्रशासनिक भवन र चारवटा आवासीय भवनमा क्षति भएको बताए। केन्द्रीय शेभचेन्किभस्की जिल्लामा रहेको एउटा तीनतले कर कार्यालय भवनको छतमा प्वाल परेको तथा रोकेर राखिएका सवारी साधनका शिशा फुटेका छन्।

प्रकाशित: २८ मंसिर २०७९ २२:१६ | Wednesday, December 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast