५ संगठन र त्रिविबीचको सहमतिलाई ‘धोका’ भन्दै सडकमा अनेरास्ववियु

हिमाल प्रेस १४ भदौ २०८० ११:३३ | Thursday, August 31, 2023
५ संगठन र त्रिविबीचको सहमतिलाई ‘धोका’ भन्दै सडकमा अनेरास्ववियु

काठमाडौँ- अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ अध्ययनमा बढाइएको शुल्क विषयमा संयुक्त विद्यार्थी संगठनले बुधबार गरेको सम्झौता धोका भएको भन्दै विरोध गरेको छ।

अनेरास्ववियुले बालुवाटारमा सम्झौता पत्र जलाएर विरोध गरेको हो।

बुधबार त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ अध्ययनमा बढाइएको शुल्क तत्कालका लागि फिर्ता लिएको थियो।

विद्यार्थी प्रतिनिधिसहितको समितिले सात दिनभित्र दिने रायका आधारमा बढाइने शुल्क लागू गर्न सबै पक्ष सहमत हुने सहमति पनि विद्यार्थी तथा त्रिविका अधिकारीहरूबीच भएको थियो।

संयुक्त विद्यार्थी संगठनले गरेको सम्झौता धोका भएको अनेरास्ववियुका महासचिव नरेश रोकायको भनाइ छ।

प्रकाशित: १४ भदौ २०८० ११:३३ | Thursday, August 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast