जनकपुरधाम– नेपाली कांग्रेसका सहमहामन्त्री एवम् धनुषा ४ का उम्मेदवार महेन्द्र यादवले पुन: मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै महेन्द्रले बुधबार सर्वोच्च अदालतमा बुधबार रिट दर्ता गराएका हुन्।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा महेन्द्र पराजित भएका थिए। रिटमा निर्वाचन आयोग , मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा , जिल्ला निर्वाचन कार्यालय धनुषा , प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ।
प्रकाशित: २८ मंसिर २०७९ १७:१७ | Wednesday, December 14, 2022
प्रतिक्रिया





