ग्रोथएक्स एभरेष्ट एक्सेलेटर स्थापना गर्न चार संस्थाबीच सहकार्य

हिमाल प्रेस २८ मंसिर २०७९ १५:१४ | Wednesday, December 14, 2022
ग्रोथएक्स एभरेष्ट एक्सेलेटर स्थापना गर्न चार संस्थाबीच सहकार्य

काठमाडौँ– नेपाल उद्योग परिसंघ (सीएनआई), टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गर्न सहकार्य गरेका छन्।

कार्यक्रमले डिजिटल अर्थतन्त्र बढाउन, स्थानीय ज्ञानमा आधारित रोजगारी बढाउन, प्रतिभा पलायन रोक्न, निर्यात बढाउन र वैदेशिक प्रत्यक्ष लगानीका लागि काम गर्नेछ।

ग्रोथएक्स एभरेष्ट कार्यक्रमले नेपालका स्टार्टअपको क्षमता विस्तार, विश्वव्यापी विस्तार र कोष संकलनमा सघाउनेछ।

नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको साझेदारीमा टिम भेन्चर्स र स्टार्टअप रिसोले संयुक्त रूपमा स्थापना गरेको कार्यक्रममा नेपालबाट आफ्ना उद्यम सञ्चालन गर्ने संस्थापकलाई सहभागी गराइनेछ।

यसले नेपाली स्टार्टअपलाई अन्तर्राष्ट्रिय रूपमा ख्याती प्राप्त उद्योगी, डोमेन विशेषज्ञ, सफल संस्थापक र लगानीकर्ताबाट सल्लाह लिइ नयाँ उद्योग स्थापना तथा अन्तर्राष्ट्रिय नेटवर्कका लागि मद्दत गर्नेछ। जसले नेपालमै सम्पन्न प्राविधिक स्टार्टअप इकोसिस्टम निर्माण गर्न मद्दत पुग्ने सीआईएनले विश्वास लिएको छ।

स्टार्टअप रेसोले भारतमा बुट क्याम्प र एक्सेलेटर कार्यक्रममार्फत् वर्षमा ८०० भन्दा बढी स्टार्टअपमा लगानी गर्दै १२ हजार बढीलाई प्रत्यक्ष रोजगारी सिर्जनामा सहयोग गरेको छ। यस्तै ४० भन्दा बढी एक्सेलेटर स्थापना, नविनतम रोजगारी सिर्जनामा सहयोग गर्दै १ करोड ३० लाख डलर बराबर राजस्व, अनुदान र प्रयोजनामा सहयोग पुर्‍याउँदै आएको छ।

प्रकाशित: २८ मंसिर २०७९ १५:१४ | Wednesday, December 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast