केपी ओलीले भने : विद्या भण्डारीलाई पार्टीमा निषेध गरिएको छैन, सधैँ स्वागत छ

हिमाल प्रेस १० भदौ २०८० १७:११ | Sunday, August 27, 2023
केपी ओलीले भने : विद्या भण्डारीलाई पार्टीमा निषेध गरिएको छैन, सधैँ स्वागत छ केपी शर्मा ओली।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी (एमाले)को राजनीतिमा निषेध नगरिएको स्पष्टीकरण दिएका छन्। आज आइतबार विराटनगरमा आयोजित कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा भण्डारीलाई निषेध नगरिएको र सधैँ स्वागत हुने बताएका हुन्।

ओलीले भने,‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हो? कसले रोक्छ? कसरी रोक्छ? हामी उहाँलाई निषेध गर्दैनौँ।’ ओलीले भण्डारी पार्टीको आदरणीय व्यक्ति भएको पनि बताए।

‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्ति पनि उहाँ हुनुहुन्छ। त्योभन्दा अगाडि पनि हाम्रो नजिककै मित्र हो नि,’ ‌ओलीले भने, ‘हाम्रो पार्टीको उपाध्यक्ष नै हो। हाम्रो पार्टीको आदरणीय व्यक्तित्व नै हो। त्यसैले हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरा होइन।’

पूर्वराष्ट्रपति भण्डारी फेरि राजनीतिमा सक्रिय हुने चर्चा चले पनि उनले आफूले भने मुख खोलिसकेकी छैनन्। एमालेको एउटा समूह भण्डारीलाई पार्टी राजनीतिमा फर्किन दबाब दिइरहेको बताइन्छ।

प्रकाशित: १० भदौ २०८० १७:११ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast