एसिया कपमा पहिलाे खेल नेपालसँग खेल्ने पाकिस्तान एकदिवसीयको शीर्षस्थानमा

हिमाल प्रेस १० भदौ २०८० ७:०७ | Sunday, August 27, 2023
एसिया कपमा पहिलाे खेल नेपालसँग खेल्ने पाकिस्तान एकदिवसीयको शीर्षस्थानमा

काठमाडौँ- श्रृलंकामा भएको अफगानिस्तान र पाकिस्तानबीचको एकदिवसीय श्रृंखला पाकिस्तानले ‘क्लिन स्वीप गरेको छ।

शनिबार राति भएको श्रृंखलाको अन्तिम खेलमा अफगानिस्तानलाई ५९ रनले हराउँदै पाकिस्तानले श्रृंखला क्लिन स्वीप गरेको हो। यसअघिका दुइटै खेल पाकिस्तानले जितेको थियो।

शनिबार भएको खेलामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ८ विकेटको क्षतिमा २६८ रन बनाएको थियो। जवाफमा ब्याटिङ गरेको अफगानिस्तानले २०९ रनमात्रै बनाउन सक्यो।

यसअघि पहिलो खेलमा पाकिस्तानले १४२ रन र दोस्रो खेलमा १ विकेटले जितेको थियो। योसँगै पाकिस्तान आईसीसी एकदिवसीय वरियतामा शीर्षस्थानमा पुगेको छ। भारत आईसीसी वरियताको तेस्रो स्थानमा छ।

बुधबार नेपाल र पाकिस्ताबीच एसिया कप २०२३ काे पहिलाे खेल हुनेछ।

प्रकाशित: १० भदौ २०८० ७:०७ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast