संसद् सचिवालयका सचिव घिमिरेले दिए राजीनामा

हिमाल प्रेस २८ मंसिर २०७९ १२:२९ | Wednesday, December 14, 2022
संसद् सचिवालयका सचिव घिमिरेले दिए राजीनामा

काठमाडौँ- संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन्। उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन्।

‘घरायसी कामका कारणले राजीनामा दिएको हुँ’ सचिव घिमिरेले भने। घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख थिए। घिमिरेले मंगलबार सचिवालयका महासचिव भरतराज गौतमसमक्ष राजिनामा दिएका थिए।

बुधबार नै उनको राजीनामा स्वीकृत भएको हो। समिति सचिवालयका अनुसार बुधबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संसद् सचिवालय व्यवस्थापन समितिको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो।

प्रकाशित: २८ मंसिर २०७९ १२:२९ | Wednesday, December 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast