इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्कप्रति चार विद्यार्थी संगठनको गम्भीर आपत्ति

हिमाल प्रेस ८ भदौ २०८० १२:३५ | Friday, August 25, 2023
इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्कप्रति चार विद्यार्थी संगठनको गम्भीर आपत्ति

काठमाडौँ- इन्जिनियरिङ अध्ययन संस्थान (आईओइ) कार्यान्वयन समितिले संस्थानका आंगिक क्याम्पसहरूमा इन्जिनियरिङको स्नातक तहमा शुल्क बढाएको भन्दै गठबन्धन दलका चार विद्यार्थी संगठनले गम्भीर आपत्ति जनाएका छन्।

चार विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र वृद्धि भएको शुल्क खारेज गर्न माग गरेका छन्।

‘कार्यान्वयन समितिको निर्णयले संस्थानका आंगिक क्याम्पसहरूमा इन्जिनियरिङको स्नातक तहमा नियमिततर्फ शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्‍याइएकोप्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

संगठनले बढाइएको चर्को शुल्क वृद्धि अल्टिमेटम समय सीमाभित्र निशर्त खारेज नभए कडा संघर्षको कार्यक्रम ल्याउने चेतावनी दिएको छ। संस्थानको साउन २५ गते कार्यान्वयन समितिको निर्णयले स्नातक तह (बीईबीआर्क) नियमिततर्फ भन्दा दोब्बर बढी शुल्क वृद्धि गरेको थियो।

शुल्क वृद्धिले आधारभूत रूपमा जनताको पहुँचमा रहेको इन्जिनियरिङ अध्ययन संस्थानले आंगिक क्याम्पसहरूमा दोब्बरभन्दा बढी शुल्क अकस्मात् बढाउनाले आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई इन्जिनियरिङ शिक्षाबाट वञ्चित गराउने संगठनले निष्कर्ष छ।

विज्ञप्तिमा अखिल क्रान्तिकारीका पञ्चा सिंह, अनेरास्ववियूका सुदेश पराजुली, अखिल क्रान्तिकारीका प्रकाश शाही र समाजवादी विद्यार्थी युनियनका रमेश यादवले हस्ताक्षर गरेका छन्।

 

प्रकाशित: ८ भदौ २०८० १२:३५ | Friday, August 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast