सिरहाको सचिवालय बैठक भ्याउन विराटनगर जाँदै ओली

हिमाल प्रेस ८ भदौ २०८० ८:५४ | Friday, August 25, 2023
सिरहाको सचिवालय बैठक भ्याउन विराटनगर जाँदै ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार विराटनगर जाँदैछन्। सिरहामा शनिबार हुने पार्टी केन्द्रीय सचिवालय बैठकमा भाग लिन ओली विराटनगर जान लागेका हुन्।

एमाले मोरङका अध्यक्ष ऋषी पोखरेलका अनुसार दिउँसो १२ बजे अध्यक्ष ओली विराटनगर अवतरण गर्ने कार्यक्रम छ। त्यसपछि भेडियारीमा रहेको विराट राजाको दरवार निरीक्षणमा जाने कार्यक्रम रहेको छ।

पोखरेलका अनुसार भोलि बिहानै अध्यक्ष ओली सिराहातर्फ जानेछन्। सिराहाको धनगढीमाई नगरपालिकामा रहेको विष्णुपुरकुटीमा पार्टीको सचिवालय बैठक आयोजना गरिएको छ।

तत्कालीन नेकपा मालेको चौथोँ महाधिवेशनस्थल सिराहामा यसपटक एमालेले सचिवालय बैठक राखेको हो।
२०४६ साल भदौ ९ देखि १४ गतेसम्म यही स्थानमा नेकपा मालेको चौथो महाधिवेशन भएको थियो। महाधिवेशनले मदन भण्डारीलाई पार्टी महासचिव निर्वाचित गरेको थियो।

 

प्रकाशित: ८ भदौ २०८० ८:५४ | Friday, August 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast