तीन पटक म्याद थप्दा पनि बनेन भगवानपुर सबस्टेसन

हिमाल प्रेस ७ भदौ २०८० १२:५० | Thursday, August 24, 2023
तीन पटक म्याद थप्दा पनि बनेन भगवानपुर सबस्टेसन

गोलबजार- सिरहाको भगवानपुर गाउँपालिकामा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनको काम ७७ प्रतिशत मात्र भएको छ।

निर्माण कम्पनी मुडभरी एण्ड जोशी आरके इन्टरनेशनलको ढिलासुस्तीले सबस्टेसन निर्माणमा ढिलाइ भएको हो।

सिङ्गल प्याकेज आयोजनाअन्तर्गत निर्माण भइरहेको सबस्टेसनको भवन, ट्रान्सर्फर जडान विद्युतीय पोल सबै एउटै निर्माण कम्पनीको जिम्मा रहेको प्राधिकरणको जनकपुरधाम कार्यालय प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिए।

२०७४ असोजदेखि निर्माण कार्य सुरु भएको आयोजना १८ महिनामा सक्नुपर्ने सम्झौता थियो। तर तेस्रो पटक २०८० असोजसम्म समय थपिँदा पनि समयमै सकिने स्थिति छैन।

लाइन आउने जाने हुने, भोल्टेजको समस्या देखापर्ने भएकाले भगवानपुर सबस्टेसन बनेपछि यस्ता समस्या समाधान हुने बताइएको छ। सबस्टेसन १९ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको छ। –रासस

प्रकाशित: ७ भदौ २०८० १२:५० | Thursday, August 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast