आजको मौसम : गण्डकी र प्रदेश १ मा वर्षाको सम्भावना

हिमाल प्रेस १ मंसिर २०७९ ११:२४
आजको मौसम : गण्डकी र प्रदेश १ मा वर्षाको सम्भावना फाइल तस्बिर।

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ।

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित: १ मंसिर २०७९ ११:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =