नेप्से परिसूचक २०४५ बिन्दुमा, २०४ कम्पनीको मूल्य बढ्यो

हिमाल प्रेस ६ भदौ २०८० १५:५७ | Wednesday, August 23, 2023
नेप्से परिसूचक २०४५ बिन्दुमा, २०४ कम्पनीको मूल्य बढ्यो

काठमाडौँ- बुधबार सेयर बजार परिसूचक (नेप्से) २९.४७ अंकले बढेको छ। सामान्य उतारचढावका बीच बढेको बजार २०४५.४५ बिन्दुमा उक्लिएको छ। मंगलबार परिसूचकमा १७ अंकको वृद्धि भएको थियो।

समग्र बजार उकालो लाग्दा २०४ कम्पनीको सेयर मूल्य बढेको छ। आज पनि कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि भयो।

त्यसका साथै ग्लोबल आइएमई ब्यालेन्स फन्ड र लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढ्यो। डोल्टी पावर कम्पनी र मायाखोला हाइड्रोपावर कम्पनीको सेयर ८ प्रतिशतले बढेको छ।

आज घोराही सिमेन्टको सेयर सर्वाधिक रकमको कारोबार भयो। बुधबार घोराहीको ७ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ। सोल्टी होटल लिमिटेडको ७ करोड र आइएमई लाइफ इन्स्यारेसको ५ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भयो।

बुधबार २० कम्पनीको सेयर मूल्य घटेको छ भने तीन कम्पनीको स्थिर रह्यो। आज कारोबार रकम १ अर्ब ५१ करोड ४ लाख पुगेको छ।

प्रकाशित: ६ भदौ २०८० १५:५७ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast