न्युजिल्यान्डमा किशोर उमेर भएकालाई चुरोट बिक्री गर्न नपाइने

हिमाल प्रेस २७ मंसिर २०७९ २०:५० | Tuesday, December 13, 2022
न्युजिल्यान्डमा किशोर उमेर भएकालाई चुरोट बिक्री गर्न नपाइने

काठमाडौँ- न्युजिल्यान्डले जनवरी १, २००९ का दिन वा त्यसपछि जन्मिएका आफ्ना नागरिकलाई सूर्तीजन्य पदार्थ खरिद गर्न रोक लगाउने भएको छ। न्युजिल्यान्डले संसद्ले मंगलबार कानुन पास गरेपछि हाल किशोर उमेरमा रहेका कसैले पनि चुरोट लगायतका सूर्तीजन्य पदार्थ खरिद गर्न नपाउने भएका हुन्।

न्युजिल्यान्डकी स्वास्थ्य मन्त्री आयसा भेरालले कानुन पास भएको जानकारी दिँदै अब आफ्नो देश धुमपानरहित भविष्य बनाउन अग्रसर रहेको बताएकी छन्।

‘न्युजिल्यान्डका हजारौँ नागरिकले अब स्वस्थ जीवन जिउनेछन्। सूर्तीजन्य पदार्थको सेवन कम भएपछि न्युजिल्यान्डको स्वास्थ्य संरचनाले तीन अर्ब २० करोड अमेरिकी डलर बचत गर्नेछ,’ डाक्टरसमेत रहेकी भारेलले भनिन्।

उसै पनि न्युजिल्यान्डमा धुमपान गर्नेको संख्या वर्षेनी घटिरहेको थियो। गत नोभेम्बरमा प्रकाशित तथ्यांक अनुसार न्युजिल्यान्डका आठ प्रतिशत वयस्कले मात्र धुमपान गर्छन्। नयाँ कानुन आएसँगै यो संख्या सन् २०२५ भित्रमा पाँच प्रशितशतमा सीमित हुने विश्वास छ।

नयाँ कानुनले सूर्तीजन्य पदार्थको बिक्रेताको संख्या पनि कटौती गर्नेछ। न्युजिल्यान्ड सरकारका अनुसार हाल देशभर ६ हजार बिक्रेता छन्। अब भने ६ सयले मात्र बिक्री गर्न पाउनेछन्।

बीबीसीको सहयोगमा

प्रकाशित: २७ मंसिर २०७९ २०:५० | Tuesday, December 13, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast