कुखुराको अवैध आयात रोक्न गृह मन्त्रालयको निर्देशन

हिमाल प्रेस ५ भदौ २०८० १७:२७ | Tuesday, August 22, 2023
कुखुराको अवैध आयात रोक्न गृह मन्त्रालयको निर्देशन फाइल तस्बिर

काठमाडौँ– भारतसँगको खुला सीमानाको फाइदा उठाउँदै अवैधरूपमा भइरहेको कुखुरा तथा कुखुराजन्य पदार्थको आयात रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

यसबारे उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सरकारी अधिकारी र व्यवसायीबीच छलफल भएको थियो। छलफलको निष्कर्ष कार्यान्वयनका लागि गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

मन्त्रालयले खुला सीमा नाकाबाट गैरकानुनीरूपमा ओसारपसार भएको पाइए कुखुरा तथा कुखुराजन्य पदार्थ नियन्त्रणमा लिन सम्बन्धित निकायका नाममा निर्देशन जारी गरेको छ।

त्यस्तै अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न, सीमा नाकामा गस्ती बढाउन, सीमा क्षेत्रमा मापदण्डविपरीत खोलिएका कुखुरा फार्म, बधशाला, ह्याचरी र कोल्ड स्टोर हटाउन पनि मन्त्रालयले निर्देशन दिएको छ।

त्यसका साथै भन्सार तथा क्वारेन्टाइनको प्रभावकारिता वृद्धि गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आदेश दिएको छ।

प्रकाशित: ५ भदौ २०८० १७:२७ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast