इटहरीमा अवैध संरचना भत्काउन फेरि १५ दिनको म्याद थप

हिमाल प्रेस ४ भदौ २०८० ६:४३ | Monday, August 21, 2023
इटहरीमा अवैध संरचना भत्काउन फेरि १५ दिनको म्याद थप

इटहरी- इटहरी उपमहानगरपालिकाले खोला, पैनी मिचेर बनाएका अवैध संरचना भत्काउन जारी गरेको ३५ दिने म्याद सकिएको छ।

उपमहानगरपालिकाले जारी गरेको ३५ दिने म्याद सकिएसँगै पुनः १५ दिने अर्को सूचना प्रकाशन गरेको छ।

३५ दिनभित्र नभत्काए उपमहानगरपालिकाले भत्काएर लागेको खर्च तिराउने चेतावनी दिएको थियो। तर, त्यसबीचमा कसैले संरचना नभत्काएपछि उपमहानगरपालिकाले पुनः अर्को १५ दिने सूचना जारी गरेको हो।

टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनाराबाट ६–६ मिटर छोडेर मात्र संरचना बनाउनुपर्ने कानुनी व्यवस्था रहेको जनाउँदै उपमहानगरपालिकाले सूचना प्रकाशन गरेको थियो।

१५ दिनभित्र अवैध संरचना नभत्काए उपमहानगर आफैँले भत्काउने चेतावनीसमेत दिएको छ। खोला, पैनी अझ साँघुरो बनाएर बनाइएका घर, भवनका कारण बाढी तथा डुबान हुने गरेको छ।

प्रकाशित: ४ भदौ २०८० ६:४३ | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast