फाइल तस्बिर : इण्डियन एक्सप्रेस
काठमाडौँ- भारतको लद्दाखमा सवारी दुर्घटनामा परी ९ जना भारतीय सैनिकको मृत्यु भएको छ। एक जना गम्भीर घाइते रहेका इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ। शनिबार लद्दाखको लेह जिल्लामा सडकबाट खसेर गाडी दुर्घटना भएको समाचारमा उल्लेख छ।
गाडीमा १० जना सैनिक रहेका थिए। घाइते एक जनाको उपचार भइहेको छ। शनिबार साँझ करिब ६ बजेको समयमा दुर्घटना भएको हो।
प्रकाशित: ३ भदौ २०८० १२:४३ | Sunday, August 20, 2023
प्रतिक्रिया



