प्रधानमन्त्रीसहित माओवादी नेताले सम्झिँए सहिद रामवृक्ष

हिमाल प्रेस २ भदौ २०८० १०:१५ | Saturday, August 19, 2023
प्रधानमन्त्रीसहित माओवादी नेताले सम्झिँए सहिद रामवृक्ष

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद रामवृक्ष यादवप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यादवको फोटोमा माल्यार्पण गर्नुका साथै श्रद्धाञ्जली अर्पण गरेका हुन्।

गीतकार एवं गायक यादव तत्कालीन नेकपा माओवादीका प्रभावशाली नेता थिए। उनलाई जनयुद्ध आरम्भताका नै तत्कालीन शाही सेना र प्रहरीले योजनाबद्ध ढंगले हत्या गरेको आरोप छ।

धनुषाको गाविस बरमझिया–६ का मध्यम किसान परिवारका पिता रामलखन यादव र आमा सम्पत्तिदेवी यादवको कोखबाट विसं २००३ सालमा प्रथम पुत्रको रूपमा यादवको जन्म भएको थियो।

 

प्रकाशित: २ भदौ २०८० १०:१५ | Saturday, August 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast