यस्तो छ आजको मौसम पूर्वानुमान

हिमाल प्रेस २ भदौ २०८० ६:२४ | Saturday, August 19, 2023
यस्तो छ आजको मौसम पूर्वानुमान फाइल तस्बिर।

काठमाडौँ- नेपालको मौसममा भारतको ओडिसा र आसपासको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल मधेश प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरूमा चट्यांग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्यांगसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित: २ भदौ २०८० ६:२४ | Saturday, August 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast