जापानमा शक्तिशाली भूकम्प

हिमाल प्रेस ३० कार्तिक २०७९ ११:१४
जापानमा शक्तिशाली भूकम्प

टोकियो- जापानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार मध्य जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पपछि टोकियोलगायतका सहरमा धक्का महसुस गरिएको थियो। भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन।

भूकम्प सोमबार साँझ मध्य मिई प्रिफेक्चरको करिब ३५० किलोमिटर ९२१७ माइल० गहिराइमा गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ।

सार्वजनिक प्रसारक एनएचकेका अनुसार भूकम्पबाट फुकुशिमा आणविक संयन्त्रहरूमा कुनै क्षति रिपोर्ट गरिएको छैन। अमेरिकी भूगर्भ सर्वेक्षणले पनि ६.१ रेक्टर स्केलको भूकम्प मापन गरेको छ।

भूकम्पको केन्द्रबिन्दुबाट सयौं किलोमिटर टाढा रहेको उत्तरी टोकियोको फुकुशिमा र इबाराकी प्रान्तहरूमा धक्का महसुस गरिएको थियो।

प्रकाशित: ३० कार्तिक २०७९ ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast