अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा, ९.३७ प्रतिशत रकम सरकारले दिने

हिमाल प्रेस ३१ साउन २०८० १३:१७ | Wednesday, August 16, 2023
अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा, ९.३७ प्रतिशत रकम सरकारले दिने

काठमाडौँ– अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्ति पनि सामाजिक सुरक्षा कोषमा समेटिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समेट्ने योजनाको उद्घाटन गरेका हुन्।

गत मंसिरमा अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनसम्बन्धी कार्यविधि स्वीकृत भएको थियो। कार्यविधिमा २०८० वैशाख १ गतेदेखि समेट्ने भनिए पनि आजदेखि सुरु भएको हो।
अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्तिले सरकारले तोकेको आधारभूत पारिश्रमिकको २०.३७ प्रतिशत रकम योगदान गरेर कोषमा आवद्ध हुन सक्नेछन्।

यसमा अनौपचारिक क्षेत्रका श्रमिकले न्यूनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशत रकम मात्रै तिरे पुग्छ। बाँकी ९.३७ प्रतिशत रकम सरकारले थप गरिदिने व्यवस्था छ। कार्यविधिले कृषि, निर्माणलगायत क्षेत्रका श्रमिकलाई अनौपचारिक श्रमिक मानेको छ।  योगदान रकममध्ये १०.३७ प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना तथा १० प्रतिशत वृद्ध अवस्था सुरक्षा योजनाका लागि बाँडफाँट हुनेछ।

प्रकाशित: ३१ साउन २०८० १३:१७ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast