काठमाडौँ- त्रिभुवन विश्वविद्यालय(त्रिवि) सेवा आयोगको अध्यक्षमा प्राध्यापक डा घनश्याम भट्टराई नियुक्त भएका छन्।
एक वर्षदेखि रिक्त रहेको त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराई नियुक्त भएका हुन्। सेवा आयोग रिक्त हुँदा त्रिविका उपप्रध्यापकहरुको परीक्षा हुन सकेको थिएन।
भट्टराई त्रिभुवन विश्वविद्यालयका कीर्तिपुरका पूर्वसभापतिसमेत हुन्।
प्रकाशित: ३१ साउन २०८० ७:०९ | Wednesday, August 16, 2023
प्रतिक्रिया



