सुनको मूल्य प्रतितोला एक लाख

हिमाल प्रेस २७ मंसिर २०७९ ११:१४ | Tuesday, December 13, 2022
सुनको मूल्य प्रतितोला एक लाख

काठमाडौँ- नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भएको यो सुन आज प्रतितोला दुई सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार पाँच सय रुपैयाँ छ।

यसको मूल्य अघिल्लो दिन ९९ हजार सात सय रुपैयाँ थियो। त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ९० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ८२ दशमलव ३८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ।

प्रकाशित: २७ मंसिर २०७९ ११:१४ | Tuesday, December 13, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast