ब्रेक सुमा ल्याइएको सुनको तौल ६० किलो ७८९ ग्राम

हिमाल प्रेस २९ साउन २०८० १८:१४ | Monday, August 14, 2023
ब्रेक सुमा ल्याइएको सुनको तौल ६० किलो ७८९ ग्राम

काठमाडौँ- हङकङबाट भित्रिएको अवैध सुनको परिमाण ६० किलो ७८९ ग्राम रहेको पाइएको छ। साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको सुन सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोखिएको हो।

बरामद उक्त सुनको परिमाण करिब १ क्विन्टल भएको अनुमान गरिएको थियो। बरामद ब्रेक सुभित्रको सुन निकाल्दा सुनको परिमाण ६० केजी ७८९ ग्राम पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ।

राजश्व अनुसन्धान विभागले भन्सार छुट भइसकेको अवस्थामा उक्त सुन बरामद गरेको थियो। सुन जोख्ने काम प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राष्ट्र बैंकका केन्द्रीय प्रतिनिधि र राजश्व अनुसन्धान विभागका प्रतिनिधिको रोहबरमा भएको थियो।

टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक सुसहितको तौल १५५ किलो थियो। अब यो सुनलाई गालेर फेरि जोखिन्छ।

प्रकाशित: २९ साउन २०८० १८:१४ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast