जनमतकी अनितादेवी मन्त्रीको शपथ लिँदै, अमनलाल मोदी बिदा हुँदै

हिमाल प्रेस २९ साउन २०८० ६:२३ | Monday, August 14, 2023
जनमतकी अनितादेवी मन्त्रीको शपथ लिँदै, अमनलाल मोदी बिदा हुँदै

काठमाडौँ- जनमत पार्टीकी सांसद् अनितादेवी साहलाई सोमबार बिहान शपथ गराउने तयारी गरिएको छ।

साहलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ।

नेकपा माओवादी केन्द्रको आइतबार बेलुका बसेको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

मोदीलाई फिर्ता बोलाएपछि साहलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

साहलाई सोमबार बिहान १० बजे शपथ गराउने कार्यक्रम रहेको शर्माले जानकारी दिइन्।

प्रकाशित: २९ साउन २०८० ६:२३ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast