एभरेष्ट बैंकको अफलाइन भुक्तानी सेवा सुरु

हिमाल प्रेस २८ साउन २०८० १६:५१ | Sunday, August 13, 2023
एभरेष्ट बैंकको अफलाइन भुक्तानी सेवा सुरु

काठमाडौँ- एभरेष्ट बैंकले आफलाइन भुक्तानी सुरु गरेको छ। फोन पे नेपालसँगको सहकार्यमा सुरु गरिएको उक्त सेवा नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको बैंकको दाबी छ।
बैंकका ग्राहकले मोबाइल बैंकिङ एपबाट उक्त सेवा लिन पाउने बैंकले जानकारी दिएको छ।

उक्त सेवाअन्तर्गत ग्राहकले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि भुक्तानी सुविधा पाउने बैंकको भनाइ छ। बैंकका नायब महाप्रबन्धक आशुतोष शर्मा र फोन पे नेपालका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले सो सेवाको समुदघाटन गरे।

बैंकका नायब महाप्रबन्धक शर्माले अफलाइन भुक्तानी सुविधाले ग्राहक सुविधा र ग्राहक केन्द्रित नयाँ उर्जा थपेको र नेपाली बैंकिङ भविष्यलाई समेत नयाँ आकार दिएको बताए।

प्रकाशित: २८ साउन २०८० १६:५१ | Sunday, August 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast