कांग्रेस सांसद शर्मालाई थुनामा राख्न अदालतको अस्वीकार

हिमाल प्रेस २६ साउन २०८० १८:२७ | Friday, August 11, 2023
कांग्रेस सांसद शर्मालाई थुनामा राख्न अदालतको अस्वीकार

काठमाडौँ- नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई अनुसन्धानका लागि म्याद थप्न अदालतले अस्वीकार गरेको छ। बिहीबार दिउँसो आफ्नै निवास मण्डिखाटारबाट पक्राउ परेका शर्मालाई आज शुक्रबार थप अनुन्धानका लागि भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौँ पुर्‍याएको थियो।

अदालतले म्याद थप गर्न अस्वीकार गरेसँगै उनी थुनामुक्त भएका छन्। नक्कली शैक्षिक प्रमाणपत्रमा छानबिनका लागि भन्दै पक्राउ परेका अन्य सात जना डाक्टरहरू भने प्रहरी हिरासतमै छन्।

उनी मोरङ ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन्। न्यायाधीश दण्डपाणि शर्माको इजलासले सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान अघि बढाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईब)लाई आदेश दिएको हो।

 

सुनिल शर्मालाई पक्राउ गरेर राज्यले प्रतिशोध साँध्यो : चन्द्र भण्डारी

के पक्राउ परेका शर्माको सांसद पद जान्छ?

कांग्रेस बैठकमा उदयशमशेर राणाले भने : माधव नेपाललाई विदेश भगाउने, सुनिल शर्मालाई धरपकड गर्ने?

किर्ते प्रमाणपत्र प्रकरण : सांसद शर्मासहित ५ चिकित्सक सीआईबीको नियन्त्रणमा

सात वर्षअघि नै फरार सूचीमा थिए कांग्रेस सांसद शर्मा

कांग्रेस सांसद सुनिल शर्मा पक्राउबारे प्रहरीले पठायो सभामुखलाई पत्र

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ

 

प्रकाशित: २६ साउन २०८० १८:२७ | Friday, August 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast