सात वर्षअघि नै फरार सूचीमा थिए कांग्रेस सांसद शर्मा

हिमाल प्रेस २५ साउन २०८० १७:३४
50
SHARES
सात वर्षअघि नै फरार सूचीमा थिए कांग्रेस सांसद शर्मा

काठमाडौँ– नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा सात वर्षअघि नै नेपाल प्रहरीको फरार सूचीमा रहेका थिए। नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेको भन्दै उजुरी परेपछि उनी अनुसन्धानमा तानिएका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ०७३ मा नक्कली प्रमाणपत्रधारीमाथि अनुसन्धान गर्न ‘अपरेसन क्‍वाक’ चलाएको थियो।

तत्कालीन सीआईबीका डीआईजी नवराज सिलवालले शर्माको प्लसटूको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि गरेका थिए। तर सिलवाल अवकास भएपछि शर्माविरुद्धको अनुसन्धान रोकिएको थियो। सीआईबीको नेतृत्वमा डीआईजी किरण बज्राचार्य आएसँगै उनीविरुद्धको फाइल खुलेको हो।

शर्माले भारतको बिहार इन्टरमिडियट काउन्सिलबाट एमबीबीएस उत्तीर्णको प्रमाण पत्र लिएका छन्। उनको यो प्रमाणपत्र पनि नक्कली भएको सीआईबीको दाबी छ। नेपाल प्रहरीको उच्च स्रोतले भन्यो,’यो केस पुरानै हो। अहिले पक्राउ गरिएको हो। उहाँले प्लसटू उत्तिर्णका नभएपछि शैक्षिक प्रमाणपत्रमा आफैँ नम्बर थप गरेको देखिन्छ।’

२०७३ असार ४ गते २६ जना नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरहरू पक्राउ पर्दा शर्मा छुटेका थिए। प्रहरीले २०७३ असार २५ मा शर्मालाई पक्राउ गरी असार २६ मा सार्वजनिक गर्ने तयारी गर्दागर्दै उनी भागेर जापान पुगेका थिए। केही समय जापान र त्यतैबाट दुवै पुगेर नेपाल फर्किएका शर्मालाई प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिएको थिएन।

शर्मालाई प्रहरीले आज बिहीबार आफ्नै निवास मण्डिखाटारबाट पक्राउ गरेको हो।

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ

प्रकाशित: २५ साउन २०८० १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =