काठमाडौँ- सन्राइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सन्राइज फर्स्ट म्युचुअल फण्ड योजनाले प्रतिफल घोषणा गरेको छ।
आर्थिक वर्ष २०७९/८० का लागि सन्राइज फर्स्ट म्युचुअल फण्डका एकाइ धनीहरूलाई करसहित १६ प्रतिशत प्रतिफल दिने घोषणा गरेको हो।
१६ प्रतिशत दरले हुन आउने १३ करोड ७६ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय भएको कम्पनीले जानकारी दिएको छ।
त्यस्तै सन्राइज क्यापिटल लिमिटेडले करसहित ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
प्रकाशित: २६ साउन २०८० १३:३४ | Friday, August 11, 2023
प्रतिक्रिया



