महिला औद्योगिक पार्कको अवधारणा अगाडि बढेको छ : अर्थमन्त्री महत

हिमाल प्रेस २६ साउन २०८० १२:५७ | Friday, August 11, 2023
महिला औद्योगिक पार्कको अवधारणा अगाडि बढेको छ : अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले महिला औद्योगिक पार्कको अवधारणा अगाडि बढेको बताएका छन्।

दक्षिण एसियाली महिला मञ्चले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले महिला औद्योगिक पार्कको अवधारणाले मुुलुकको दीर्घकालीन आर्थिक विकासमा सघाउने बताएका हुन्।

‘नेपालबाट महिलाको तुलनामा बिदेसिने पुरुषको संख्या बढी छ। त्यसैले आर्थिक स्थिरता दिन महिलाहरूको ठूलो भूमिका छ,’ मन्त्री महतले भने, ‘ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको छ। यसलाई राज्यले प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्छ भनेर औद्योगिक पार्क अघि बढेको हो।’

महतले महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुलाई प्रविधिमा जोडेर बजारीकरण गर्नुपर्ने धारणासमेत राखेका छन्। उनले भने, ‘डिटिजल संसारले नयाँ अवसर सिर्जना गर्छ। यसकारण महिला उद्यमीलाई प्रविधिसँग अभ्यस्त बनाउन आवश्यक छ।’

प्रकाशित: २६ साउन २०८० १२:५७ | Friday, August 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast