डोल्पामा एमाले-माओवादी कार्यकर्ताबीच झडप, ९ जना घाइते

हिमाल प्रेस २६ मंसिर २०७९ १८:३५ | Monday, December 12, 2022
डोल्पामा एमाले-माओवादी कार्यकर्ताबीच झडप, ९ जना घाइते संकेतिक तस्बिर।

डोल्पा–  डोल्पामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा ९ जना घाइते भएका छन्। घाइते हुनेमा एमाले समर्थित ४ जना कार्यकर्ता घाइते भएका छन् भने माओवादी समर्थित ५ जना कार्यकर्ता घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

झडपमा परी जगदुल्ला गाउँपालिका ३ थापागाउँका एमाले समर्थित ४२ वर्षीय जालपा बोहोरा, ५० बर्षीया शान्ता बोहोरा, ३८ वर्षीया भद्र बोहोरा र सोही ठाउँका १२ वर्षीया कृष्णजंग बोहोरा घाइते भएका छन्।

यस्तै पालिकाको थापा गाउँका माओवादी समर्थित ५९ वर्षीया बिर्ख बोहोरा, १८ वर्षका लक्ष्मण बोहोरा घाइते भएका छन्। यस्तै ५४ वर्षका गोरसिह, १६ वर्षीया पवीन्द्र बोहोरा र २१ वर्षका जगत बोहोरा घाइते भएका छन्। आइतबार राति थापागाउँस्थित वडा कार्यालयनजिक झडप भएको प्रहरी चौकी माझगाउँलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

उनीहरूले मादक पदार्थ सेवन गरेका थिए भने सामान्य वादविवाद भई झै-झगडा हुँदा उनीहरू घाइते भएका हुन्। घाइतेहरूको स्थानीय स्वास्थ्य चौकी झ्याकोटमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २६ मंसिर २०७९ १८:३५ | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast