राष्ट्रपति उम्मेदवारको हत्यापछि इक्वेडरमा संकटकाल

हिमाल प्रेस २५ साउन २०८० १३:०९ | Thursday, August 10, 2023
राष्ट्रपति उम्मेदवारको हत्यापछि इक्वेडरमा संकटकाल हत्या गरिनुभन्दा केही समयअघि चुनावी सभामा सम्बोधन गर्दै फर्नान्डो भिल्लाभिसेन्सियो। तस्बिर साभार : बीबीसी

क्विटो- राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले बिहीबार देशभर ६० दिनका लागि संकटकाल घोषणा गरेका छन्।

‘राष्ट्रको सशस्त्र बललाई नागरिकको सुरक्षा, देशको शान्ति र अगस्ट २० को स्वतन्त्र र लोकतान्त्रिक निर्वाचनको ग्यारेन्टी गर्न देशभर परिचालन गरिएको छ’, राष्ट्रपति लासोले युट्युबमा प्रसारण गरेको सम्बोधनमा भनेका छन्।

दस दिनपछि हुन लागेको राष्ट्रपतीय निर्वाचनमा भ्रष्टाचार र आपराधिक गिरोहविरुद्ध अभियान चलाउँदै आएका पूर्वपत्रकार भिल्लाभिसेन्सियोको बिहीबार क्विटोमा भएको चुनावी र्‍यालीमा गोली हानी हत्या गरिएको हो।

उनको चुनावी प्रचार टोलीका एक सदस्यले स्थानीय सञ्चारमाध्यमलाई बताएअुनसार ५९ वर्षीय भिल्लाभिसेन्सियोलाई कारमा चढिरहेका उनको टाउकोमा तीन गोली प्रहार गरेको थियो।

भिल्लाभिसेन्सियो इक्वेडरमा संगठित अपराध र सरकारी अधिकारीबीचको सम्बन्धबारे बोल्ने थोरै उम्मेदवारमध्ये एक हुन्। रासस/एएफपी

प्रकाशित: २५ साउन २०८० १३:०९ | Thursday, August 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast