माओवादी होस् वा कोही, दोषी देखिए कसैलाई छाडिँदैन : गृहमन्त्री

हिमाल प्रेस २३ साउन २०८० १८:१८ | Tuesday, August 8, 2023
माओवादी होस् वा कोही, दोषी देखिए कसैलाई छाडिँदैन : गृहमन्त्री

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तथ्य र प्रमाणले दोषी देखिए कोही पनि उम्कन नपाउने बताएका छन्। मंगलबारको संसद् बैठकमा सांसदहरूले उठाएको प्रश्नको जबाफ दिँदै उनले दोषीहरू कोही पनि उम्कन नपाउने बताएका हुन्।

‘माओवादी वा कुनै पार्टी होस् तथ्य प्रमाणले दोषी देखाउँछ भने कोही छुट्नेवाला छैनन्, कोही उम्कन पाउँदैनन्,’ उनले भने, ‘अनुसन्धानलाई स्वच्छ र निष्पक्ष ढंगले तथ्य प्रमाणका आधारमा अन्तिम निष्कर्षमा पुर्‍याउन प्रहरी प्रशासनलाई निर्देशन दिएका छौँ।’

यस्तै उनले दोषीलाई कारबाहीको दायरामा ल्याइएको भन्दै यसमा शंका नगर्न पनि सदनमा अनुरोध गरे। सुशासन, समृद्धि र सामाजिक न्याय केन्द्रीय कार्यभार भएकाले सोहीअनुसार सरकार अगाडि बढिरहेको उनको दाबी छ।

‘सुराकी खर्चको दुरुपयोग निस्तेज गर्‍यौँ। नक्कली भुटानी शरणार्थी, ललिता निवासको जग्गा हिनामिनाको विषयमा अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याएका छौँ,’ उनले भने, ‘मिटरब्याजीको समस्या समाधानका लागि कानुन ल्यायौँ। यसरी सुशासन र सामाजिक न्यायका निम्ति काम गरिरहेका छौँ।’

प्रकाशित: २३ साउन २०८० १८:१८ | Tuesday, August 8, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast