पुरानो इयरफोनसँग नयाँ अल्टिमा एटम ८२० साट्न पाइने

हिमाल प्रेस २३ साउन २०८० १७:०१
10
SHARES
पुरानो इयरफोनसँग नयाँ अल्टिमा एटम ८२० साट्न पाइने

काठमाडौँ- शुक्रबारदेखि अल्टिमा एक्सेन्ज मेला लाग्ने भएको छ। पुरानो एयरफोनसँग नयाँ अल्टिमा एटम ८२० साट्न पाउने गरी मेला आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले साउन २६ गते र २७ गते काठमाडौँमा दुईदिने महोत्सव आयोजना गरिने उल्लेख गरेको हो। कम्पनीको सुन्धारास्थित सिभिल मल पहिलो तल्लामा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म र न्यूरोडस्थित हुकुट स्टोरमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मेला लाग्ने कम्पनीको भनाइ छ।

‘अल्टिमा एक्सचेन्ज मेलाले अडियो अनुभवलाई पुनःपरिभाषित गर्नेछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस विशेष उत्सवमा अल्टिमाले ग्राहकहरूलाई आफ्ना पुराना वायर भएका इयरफोनहरू र अडियो उपकरणहरू, नवीन अत्याधुनिक प्रविधियुक्त इयरफोन अल्टिमा एटम ८२० सँग साट्न प्रोत्साहित गर्दछ।’

कम्पनीले अफ द लाइन टु« वायरलेस स्टेरियो टिडब्लुएसको मूल्य १ हजार १९९ रुपैयाँ निर्धारण गरिएको बताएको छ। २४ घण्टाको ब्याट्री लाइफ, इमर्सिभ १३ एमएमबास बुस्टेड अडियो पर्यावरण्ीय आवाज निराकरण र वायरलेस अडियोका लागि अल्टिमा एटम ८२० उत्कृष्ट रहेको कम्पनीको दाबी छ।

प्रकाशित: २३ साउन २०८० १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =