काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली संघका राजदूत नोना डोप्रेजले बिदाइ भेट गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
उनीहरूबीच नेपाल र युरोपेली संघबीचको सम्बन्धलगायतका विषयमासमेत छलफल भएको बताइएको छ।
प्रकाशित: २३ साउन २०८० १२:१३ | Tuesday, August 8, 2023
प्रतिक्रिया




