संसद् नचलेपछि रविले भने : मुद्दामा छलफल हुँदैन, बार्गेनिङ मात्र चल्छ दुखद्

हिमाल प्रेस २२ साउन २०८० १६:४६ | Monday, August 7, 2023
संसद् नचलेपछि रविले भने : मुद्दामा छलफल हुँदैन, बार्गेनिङ मात्र चल्छ दुखद्

काठमाडौँ– लगातार संसद् बैठक अवरुद्ध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आपत्ति जनाएका छन्। आज दिउँसो १ बजेको लागि बोलाइएको बैठक सञ्चालन गर्न नेकपा एमाले तयार नभएपछि ४ बजेको लागि सारिएको थियो। चार बजे पनि बैठक बस्न सकेन।

बैठक सञ्चालनका लागि नेकपा एमाले तयार भएको छैन। सय किलो सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको माग छ। सत्तापक्ष भने उच्चस्तरीय छानबिन समिति बनाउने पक्षमा छैन।

लामिछानेले देशलाई प्यारलाइज्ड कसरी बनाइएको रहेछ भन्ने आफूहरूले राम्रोसँग बुझिरहेको पनि बताएक छन्। उनले सरकारमा रहेका दल र प्रमुख विपक्षी दलबीच बार्गेनिङमात्रै चलिरहेको पनि बताएका छन्।

‘वर्षौंदेखि देशलाई कसरी प्यारलाइज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौँ। कयौँ कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन छ्न्,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दु:खद..’

प्रकाशित: २२ साउन २०८० १६:४६ | Monday, August 7, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast