नेपाल लाइफको बिजनेश एक्सिलेन्स सम्मेलन सम्पन्न

हिमाल प्रेस २२ साउन २०८० १४:००
6
SHARES
नेपाल लाइफको बिजनेश एक्सिलेन्स सम्मेलन सम्पन्न

काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले तीन दिवसीय ‘बिजनेश एक्सिलेन्स कन्फ्रेन्स’ सम्पन्न गरेको छ।

चितवनको सौराहामा चलेको सम्मेलनको नारा ‘पराक्रमी गति आक्रामक नीति’ राखिएको थियो। सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङमा कार्यरत २३० भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो।

सम्मेलनमा बोल्दै कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले आर्थिक मन्दीको बाबजुद पनि कम्पनीले उत्साहजनक व्यवसाय गर्न सफल भएको बताए।

प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गत आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८०/८१ मा सेल्स रणनीतिका बारेमा जानकारी गराएका थिए।
सम्मेलनमा २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारी, शाखा एवं उपशाखाहरूलाई विभिन्न ३७ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।

प्रकाशित: २२ साउन २०८० १४:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 20 =