जनकपुरधाम- धनुषाको बटेश्वर गाउँपालिकामा एक महिलाको हत्या भएको छ।
बटेश्वर गाउँपालिका–५, शान्तिपुरस्थित घरमा सुतिरहेकी रीतादेवी यादवको सोमबार राति हत्या भएको हो।
सुतिरहेका बेला रितालाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। हत्याअघि घरको विद्युत् काटिएको प्रहरीले जनाएको छ।
हतियार प्रहारबाट गम्भीर घाइते भएकी रीताको जनकपुरधामस्थित काव्या अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
हत्या आरोपमा रीताका श्रीमान वीरेन्द्र यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित: २६ मंसिर २०७९ १०:३१ | Monday, December 12, 2022
प्रतिक्रिया



