समानुपातिक सांसदको नामावली सच्याउन आज ४ बजे सम्मका लागि समय

हिमाल प्रेस २६ मंसिर २०७९ ६:३२ | Monday, December 12, 2022
समानुपातिक सांसदको नामावली सच्याउन आज ४ बजे सम्मका लागि समय

काठमाडौँ- राजनीतिक दलले आयोगलाई बुझाएको समानुपातिक सांसदको लिस्ट सच्याउन समय दिएको छ। सांसदको नामावाली सच्याउन आज ४ बजे सम्मका लागि समय दिएको हो।

प्रतिनिधिसभाअन्तर्गत दलले बुझाएको समानुपातिक उम्मेदवारको विवरणमा सच्याउनुपर्ने अवस्था भने नरहेको प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए।

केही राजनीतिक दलले प्रदेशसभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटि देखिएकाले सच्याएर आयोगमा पठाउनका लागि राजनीतिक दललाई पत्राचार गरिएको प्रवक्ता वाग्लेले बताए। उनका अनुसार आयोगले दलबाट त्रुटि सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरिने र प्रमाणपत्र वितरण गरिने छ।

प्रकाशित: २६ मंसिर २०७९ ६:३२ | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast