सरकार र सहकारी पीडितबीच सातबुँदे सहमति, आजैदेखि आन्दोलनका कार्यक्रम स्थगित

हिमाल प्रेस १८ साउन २०८० १७:३५
12
SHARES
सरकार र सहकारी पीडितबीच सातबुँदे सहमति, आजैदेखि आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौँ- सरकार र आन्दोलनरत सहकारी पीडितबीच सम्झौता भएको छ।  बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिबीच सहमति भएको हो।

मन्त्रालयमा मन्त्री रन्जिता श्रेष्ठको समेत सहभागितामा भएको वार्तामा सहकारी क्षेत्रको सुधारका लागि सुझाव दिन सरकारले गठन गरेको सहकारी क्षेत्र सुधार सुझाव कार्यदलमा बचतकर्ताका सदस्यको अधिकतम हित संरक्षण गर्ने उद्देश्यले उनीहरूको पनि प्रतिनिधत्व गराउने सहमति भएको छ। अधिकतम ३ जनासम्म प्रतिनिधिलाई आमन्त्रित सदस्यका रुपमा समावेश गर्ने सहमति भएको हो।

सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्तादिन सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि मन्त्रालयले तत्काल कार्य प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ। ओरेन्टललगायत समस्याग्रस्त घोषित सहकारी संस्थाको तर्फबाट बचतकर्तालाई रकम फिर्ता गर्दा स्पष्ट कार्ययोजना बनाइ कार्यान्वयन गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसँग मन्त्रालयले समन्वय गर्ने समझदारी बनेको छ।

सहमतिसँगै सहकारी संस्थाका बचतकर्ता सदस्यहरूबाट माइतीघरमा जारी अनसन धर्ना स्थगित हुने भएको छ। आन्दोलनका कार्यक्रम पनि रोकिने भएका छन्।

बचत फिर्ताको माग गर्दै बानेश्वरमा सहकारीपीडितको प्रदर्शन [तस्बिरहरू]

 

प्रकाशित: १८ साउन २०८० १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast