काठमाडाैँ- संवैधानिक परिषद्को मंगलबार बसेकाे बैठक निष्कर्षविहीन टुंगिएकाे छ। परिषद्काे अर्को बैठक बिहीबार ५ बजे बस्ने गरी टुंगिएकाे हाे। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बैठक बसेको थियाे।
संवैधानिक परिषद्को बैठक पुनः बस्नेगरी मंगलबारकाे बैठक टुंगिएकाे राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफलका लागि बसेको बैठक निष्कर्षविना टुंगिएकाे हाे। आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने बताइएकाे छ। रासस
प्रकाशित: १६ साउन २०८० १९:५४ | Tuesday, August 1, 2023
प्रतिक्रिया



