प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

हिमाल प्रेस १४ साउन २०८० १३:५१ | Sunday, July 30, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो।

संवैधानिक परिषद्‌को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउने सन्दर्भमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले ओलीलाई बालुवाटार बोलाएका थिए।

प्रधानमन्त्रीले शनिबार नै ओलीलाई छलफलका लागि बोलाए पनि ओली भने आइतबार बालुवाटार गएका हुन्। आइतबारको भेटमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिसबारे छलफल भएको बताइएको छ। हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की अबको केही दिनपछि उमेरहदका कारण अवकाशमा जाँदैछन्।

प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगाडिदेखि नै नियुक्ति प्रक्रिया सुरु गरिसक्नुपर्नेमा संवैधानिक परिषद्‌को बैठक नबस्दा त्यसम्बन्धी प्रक्रिया अगाडि बढेको छैन।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्‌मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहन्छन्।

प्रकाशित: १४ साउन २०८० १३:५१ | Sunday, July 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast