‘गरिब होइन गरिबी हटाऊ’

हिमाल प्रेस १३ साउन २०८० १७:४७ | Saturday, July 29, 2023
‘गरिब होइन गरिबी हटाऊ’

काठमाडौँ- सडक तथा साइकलमा व्यवसाय गर्ने साना व्यापारीहरूमाथि नगर प्रहरीले ज्यादती गरेको भन्दै काठमाडौं महानगरको कार्यालय अगाडी प्रदर्शन गरेका छन्। आफुहरूलाई गरिखान नदिएको र नगर प्रहरीले चरम ज्यादती गरेकाे आरोप प्रदर्शनकारीको छ।

साना व्यापाहरूले भृकुटिमण्डपस्थित महानगरको कार्यालय अगाडी प्रदर्शन गरेका हुन्। ठेलागाडा, साइकल तथा फुटपाथमा व्यवसाय गर्नेहरूलाई महानगरले उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ।

ठेलागाडा, साइकल तथा फुटपाथ व्यवसायमा प्रतिबन्ध लगाउनुको साटो गरिबलाई गरिखान दिन अन्य स्थानमा विकल्प दिनुपर्ने उनीहरूको भनाइ छ। प्रदर्शनमा सहभागीहरूले ‘बालेन सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती नै थियो, गरिब होइन गरिबी हटाऊ’लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रकाशित: १३ साउन २०८० १७:४७ | Saturday, July 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast