कालीगण्डकीमा खस्यो गाडी, चालक बेपत्ता

हिमाल प्रेस १२ साउन २०८० २०:४६ | Friday, July 28, 2023
कालीगण्डकीमा खस्यो गाडी, चालक बेपत्ता प्रतीकात्मक तस्बिर।

म्याग्दी- बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, भीरकाटेबाट चालकसहित गाडी बेपत्ता भएको छ। अन्नपूर्ण-३ दानाबाट बेनीतर्फ गइरहेको ग २ च १०३१ नम्बरको बोलेरो जीप कालीगण्डकीमा बेपत्ता भएको हो।

सो गाडीसँगै म्याग्दी मालिका गाउँपालिका-५ देवीस्थान घर भएका चालक कमलेश परियार बेपत्ता भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए। साे गाडी बेनीको सुमन किराना स्टोर्सको रहेको उनको भनाइ छ। ‘भीरकाटेको कालीगण्डकी किनारमा जीपको सिसा भेटिएको छ,’ उनले भने,  ‘जीप र चालकको अवस्था अज्ञात छ।’

प्रहरी, स्थानीयवासी र व्यवसायीको टोली गाडी र चालकको खोजीमा जुटेका छन्। सुमन किराना स्टोर्सका सञ्चालक सुमन श्रेष्ठका अनुसार दानामा सामान पुर्‍याएर फर्कंदै गरेको जीपका चालकसँग शुक्रबार दिउँसो ३ बजेसम्म सम्पर्क भएको थियो। तीन बजेपछि सम्पर्क नभएको उनले बताए। रासस

प्रकाशित: १२ साउन २०८० २०:४६ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast