बर्लिन फिल्म फेस्टिभलमा क्रिस्टिन स्टुअर्ट निर्णायक प्रमुख

हिमाल प्रेस २५ मंसिर २०७९ १३:१० | Sunday, December 11, 2022
बर्लिन फिल्म फेस्टिभलमा क्रिस्टिन स्टुअर्ट निर्णायक प्रमुख

काठमाडौँ- हलिउड अभिनेत्री क्रिस्टिन स्टुअर्टले ‘बर्लिन फिल्म फेस्टिभल’मा अन्तर्राष्ट्रिय निर्णायक मण्डलको नेतृत्व गर्नेछिन्।

३२ वर्षीया क्रिस्टिनले सन् २००८ मा प्रदर्शनमा आएको फिल्म ‘ट्‍वाइलाइट’मा अभिनय गरेकी छन्। त्यसपछि त्यसका हरेक सिरिजमा उनले काम गरेकी छन्।

सन् २००९ मा रिलिज ‘द ट्‍वाइलाइट सागा : न्यु मुन’, सन् २०१० मा ‘द ट्‍वाइलाइट सागा : इक्लिप्स’, सन् २०११ को ‘द ट्‍वाइलाइट सागा : ब्रेकिङ डाउन १’, सन् २०१२ मा सार्वजनिक भएको ‘द ट्‍वाइलाइट सागा : ब्रेकिङ डाउन २’ मा क्रिस्टिनले अभिनय गरेकी छन्।

पछिल्लो समय उनी बेलायती राजकुमारी डायनाबारे बनेको फिल्म ‘स्पेन्सर’मा देखिएकी थिइन्। फिल्ममा उनले राजकुमारी डायनाको भूमिका निर्वाह गरेकी थिइन्। ‘स्पेन्सर’का लागि उनको नाम अस्कर अवार्डमा मनोनयमा परेको छ।

क्रिस्टिनले अभिनयमा मात्र नभई पटकथा लेखक र निर्देशकका रूपमा पनि पहिचान बनाएकी छन्। सन् २०१७ मा उनले पटकथा लेखन र निर्देशनमा हात हालेकी हुन्।

‘कान्स फिल्म फेस्टिभल २०१८’मा उनी अन्तर्राष्ट्रिय निर्णायक मण्डलकी सदस्य थिइन्।  क्रिस्टिन आफ्नो पुस्ताकी सबैभन्दा प्रतिभाशाली र प्रभावशाली कलाकारका रूपमा चिनिन्छिन्।

बर्लिन फिल्म फेस्टिभल आगामी फेब्रुअरी १६ देखि २६ सम्म हुनेछ।

प्रकाशित: २५ मंसिर २०७९ १३:१० | Sunday, December 11, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast