एक वर्षमा ७८ करोडको सिमेन्ट र क्लिंकर निर्यात

हिमाल प्रेस ९ साउन २०८० १६:३६ | Tuesday, July 25, 2023
एक वर्षमा ७८ करोडको सिमेन्ट र क्लिंकर निर्यात फाइल तस्बिर : निर्यातका लागि तयारी अवस्थामा राखिएकाे तानसेन सिमेन्ट।

काठमाडाैँ- गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट ७८ करोड रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ। भन्सार विभागले साेमबार सार्वजनिक गरेकाे तथ्यांकअनुसार गत आवमा तीन वटा सिमेन्ट उद्योगले ७७ करोड ९३ लाख ६ हजार रुपैयाँ बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट र क्लिंकर निर्यात गरेका  हुन्।

विभागका अनुसार गत आवमा ३५ करोड ८९ लाख ५१ हजार रुपैयाँ बराबरको ६ लाख सात हजार ७३ मेट्रिक टन सिमेन्ट र ४२ करोड तीन लाख ५५ हजार रुपैयाँ बरारबरका तीन लाख ९६ हजार ९५० मेट्रिक टन क्लिंकर निर्यात भएको छ।

हाल पाल्पा, अर्घाखाँची र बालाजी गरी तीन सिमेन्ट उद्योगले भारतमा सिमेन्ट निर्यात गरिरहेका छन्। साथै अन्य उद्योग निर्यातको तयारीमा छन्। गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड भारततर्फ निर्यात सुरु भएको थियो। साथै असोज ३१ गतेदेखि अर्घाखाँची र जेठ २९ गतेदेखि बालाजी सिमेन्टले ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डमा पीपीसी सिमेन्ट निर्यात सुरु गरेका थिए।

सरकारले सिमेन्ट र स्टीललगायत सामान निर्यातमा आठ प्रतिशत अनुदान र वार्षिक १० करोड रुपैयाँभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेपछि नेपाली सिमेन्ट उद्योगीले निर्यात सुरु गरेका हुन्।

सरकारले गत आर्थिक वर्षको बजेटमा छुटको घोषणा गरेसँगै नेपाली तीन समेन्ट तथा एक स्टील उद्योगले निर्यात गरेका हुन् । सिमेन्ट उत्पादक संघले भारत सरकारबाट सिमेन्ट निर्यातमा गुणस्तर प्रमाणपत्रको पर्खाइमा धेरै सिमेन्ट उद्योग रहेको संघले बताएकाे छ।

नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तरको प्रमाणपत्र लिनुपर्नेछ। नेपालमा सञ्चालित सिमेन्ट उद्योगसँग वार्षिक करिब दुई करोड २० लाख टन सिमेन्ट उत्पादन क्षमता छ। यद्यपि सिमेन्ट उत्पादन भन्दै अनियन्त्रित उत्खनन् मुलुककाे दीर्घकालीन हितका लागि राम्राे हाेइन।

प्रकाशित: ९ साउन २०८० १६:३६ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast