४० मेगावाटकाे अपर चमेलिया उद्घाटन

हिमाल प्रेस ८ साउन २०८० १८:१२ | Monday, July 24, 2023
४० मेगावाटकाे अपर चमेलिया उद्घाटन

खलंगा- दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजना उद्‍घाटन गरिएको छ। गत शुक्रबार परीक्षण गरिएको अपर चमेलियाको साेमबार उद्‍घाटन गरिएकाे हाे।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डे र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले संयुक्तरूपमा आयाेजनाकाे उद्‍घाटन गरे।

उत्पादित विद्युत्‌‍ दार्चुलाकाे शैल्यशिखर नगरपालिका–१ बलाचस्थित सवस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले बताए। उनका अनुसार आठ अर्ब ५० करोड रुपैयाँ लागतमा ३० महिनामा आयोजना सम्पन्न गरिएको हो। रासस

प्रकाशित: ८ साउन २०८० १८:१२ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast