भारतकाे महाराष्ट्रमा पहिरोमा २७ जनाको शव भेटियो, ६० जना बेपत्ता

हिमाल प्रेस ७ साउन २०८० २०:५६ | Sunday, July 23, 2023
भारतकाे महाराष्ट्रमा पहिरोमा २७ जनाको शव भेटियो, ६० जना बेपत्ता तस्बिर : फ्लडलिस्ट डटकम

नयाँदिल्ली- भारतको महाराष्ट्रमा गएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ। कम्तीमा ६० जना बेपत्ता भएका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। मुम्बईबाट करिब एक सय किलोमिटर टाढा रहेकाे रायगड जिल्लामा बिहीबार मनसुनसँगै खसेको पहिराेमा परी ज्यान गुमाएका २७ जनाको शव भेटिएकाे उद्धारकर्मीले बताएका छन्। ‘अहिलेसम्म २७ शव फेला पारेका छौँ। करिब ६० जना अझै बेपत्ता छन्,’ आपत्कालीन सहायता टोलीका एक अधिकारीले भनेका छन्।

भग्नावशेषमा खोजी भइरहेको रायगड जिल्ला अधिकारी योगेश म्हसेले आइतबार एएफपीलाई बताएका छन्। मूल सडकबाट करिब पाँच किलोमिटर टाढा घटनास्थल रहेको तथा त्यहाँ ठूला इक्विपमेन्ट पुग्ने बाटो नभएकाले मानिसले नै साना यन्त्रको सहयताले खोजी गरिरहेका उनले बताए।

उक्त क्षेत्रमा अविरल वर्षा भइरहेकाले खोजलाई चुनौतीपूर्ण बनाएको छ। जिल्ला अधिकारी म्हसेले खोज तथा उद्धार चौथो दिनमा प्रवेश गरेको बताएका छन्। रासस/एएफपी

प्रकाशित: ७ साउन २०८० २०:५६ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast