२२ लाखले हेरे ‘दमाई महाराज’

हिमाल प्रेस ७ साउन २०८० १४:२० | Sunday, July 23, 2023
२२ लाखले हेरे ‘दमाई महाराज’

काठमाडौँ- प्रकाश सपूतको ‘दमाई महाराज’ बोलको गीत २२ लाखले हेरिसकेका छन्। शुक्रबारमात्र सार्वजनिक भएको गीत छोटो समयमा नै कीर्तिमान कायम गर्न सफल भएको छ।

करिब १५ हजार सकारात्मक प्रतिक्रिया र २२ लाखभन्दा बढी मानिसले हेरिसकेको गीतमा जातीय भेदभावको विषयलाई समेटिएको छ।

गीतको शब्द, लय, कथा निर्माण तथा भिडियो निर्देशन गायककै छ। प्रकाश र अञ्जली अधिकारीको स्वर रहेको गीतको संगीत संयोजन सुदीप सागरले गरेका छन्।

प्रकाशले गीतको भिडियोमा धार्मिक सप्ताहको पृष्ठभूमिमार्फत दलित भनेर समाजले गर्ने विभेदको दृष्टिकोणलाई परिवर्तन गर्ने प्रयास गरेका छन्।

जातकै आधारमा मन्दिर पस्दा अछुतो भयो भन्नेहरुप्रति गीतमार्फत असन्तुष्टि व्यक्त गरिएको छ। मानिस जन्मले होइन, कर्मले सानो ठुलो हुने र धर्मको आधारमा कसैलाई विभेद गर्न नहुने सन्देश गीतको भिडियोले दिएको छ।

भजन शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा प्रकाश र अञ्जलीसहित गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल वि.क, पुष्प अवस्थी, विराज थापा, लोकनाथ वाग्ले, विशाल घिमिरेलगायत कलाकारको अभिनय छ।

मनकृष्ण महर्जन र दिनेश पराजुलीले छायांकन र प्रविन भट्टले सम्पादन गरेको गीतको भिडियो प्रकाश सपूत नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रकाशित: ७ साउन २०८० १४:२० | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast