प्रकाश सपुत र उनकी श्रीमती एउटै म्युजिक भिडियोमा

हिमाल प्रेस २२ भदौ २०८३ ९:३० | Monday, September 7, 2026
प्रकाश सपुत र उनकी श्रीमती एउटै म्युजिक भिडियोमा

काठमाडौँ- गायक प्रकाश सपुत पहिलो पटक श्रीमतीसँग म्युजिक भिडियोमा देखिएका छन्। तीज नजिकिँदै गर्दा गायिका निशा सुनार र सपुतकै स्वरको तीज गीतमा उनीहरू देखिएका हुन्। ‘लाली लपक्कै सारी सपक्कै’ बोलको गीतमा निशा सुनार र प्रकाश सपुतको स्वर रहेको गीतमा प्रकाश सपुतको शब्द तथा सङ्गीत छ।

भिडियोमा प्रकाश सपुत, निरुता सिंह र विन्दु बोहराको नृत्य हेर्न सकिन्छ । विशेष भूमिकामा गायिका सुनार पनि देखिएकी छिन् । सुनिल विकको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा गम्भीर बिस्टको कोरियोग्राफी छ । गीतको भिडियोमा हरि हुमागाँइको डीओपी, प्रवीण भट्टको सम्पादन छ ।

गायक तथा मोडल प्रकाश सपुत र उनकी श्रीमती विन्दुले पहिलो पटक एकसाथ म्युजिक भिडियोमा काम गरेका हुन् ।

प्रकाशित: २२ भदौ २०८३ ९:३० | Monday, September 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast