दक्षिण युक्रेनमा रूसी पत्रकारकाे मृत्यु

हिमाल प्रेस ६ साउन २०८० २०:२५ | Saturday, July 22, 2023
दक्षिण युक्रेनमा रूसी पत्रकारकाे मृत्यु फाइल तस्बिर।

मस्काे- युक्रेनको दक्षिणी जापोरिजझिया क्षेत्रमा शनिबार भएको आक्रमणमा रूसी पत्रकारकाे मृत्यु भएकाे छ। रूसी युद्ध संवाददाता रोस्तिस्लाभ झुरावलेभको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

झुरावलेभले रूसको सरकारी समाचार संस्था आरआईए नोभोस्तीका लागि रिपोर्टिङ गर्दै आएका थिए। आरआईए नोभोस्तीले आफ्ना युद्ध संवाददाताको मृत्यु भएको पुष्टि गरेको छ। झुरावलेभकोे युद्धमा रूसी अग्रपंक्तिमा रहेको गाउँ पाइतीखाट्की नजिकै मृत्यु भएको समाचारमा उल्लेख छ।

रूसी सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनी सेनाले ‘क्लस्टर’ हतियार प्रयोग गरी गरेको आक्रमणका कारण चार जना पत्रकार घाइते भएका छन्। क्लस्टर युद्धसामग्री विस्फोटका कारण नोभोस्तीका पत्रकार रोस्तिस्लाभ झुरावलेभको मृत्यु भएको थियो।’

अन्य संवाददाताहरूलाई सामान्य चोट लागेको सेनाले बताएको छ। युक्रेनमा मस्कोको १७ महिनाभन्दा लामो आक्रमणका क्रममा रूसी युद्ध संवाददाताहरूको प्रभाव निकै बढेको छ। रासस/एएफपी

प्रकाशित: ६ साउन २०८० २०:२५ | Saturday, July 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast